शेर्पा संचार समुह नेपालले यहि नव वर्ष २१३७ च्यक फो तक्लो लोसार देखी शेर्पा समुदयको भाषा तथा सँस्कृतिको विकासको लागी मासिक पत्रिका प्रकाशन गरि देश तथा विदेशमा रहनुभएका शेर्पाहरुमा सुचनाको आदनप्रदान गर्ने कुरा सम्पुर्ण शेर्पा दाजुभई तथा दिदी भहिनीहरुमा जनकारी गराउन चाहन्छु साथै यस मसिक पत्रिका यहि आउदो लोसरमा बजारमा सर्वत्र उपलब्ध हुने जानकारी गराउदछाँै
आफूहरुबाट राजधानीमा डेढ महिना अघि लुटिएको अमेरिकी डलर फिर्ता गराउन चिनियाँ ब्यापारीले नेपाली ब्यापारीका करोडौंका सामान वोकेका कन्टेनर शुक्रबार बेलुकादेखि खासा बजारमा नियन्त्रणमा लिएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार खासा भन्सारले शील्ड लगाएर छोडेका झण्डै १५ करोडका सामान बोकेका २६ वटा कन्टेर रोकिएको छ । चिनियाँहरुले नेपालका प्रहरीकै मिलेमतोमा गत असोजमा लुटिएको ३ करोड ३० लाख नेपाली रुपियाँ बरावरको डलर फिर्ता नपाएको भन्दै कन्टेनर नियन्त्रणमा लिएका हुन् । नेपाल ट्रक कन्टेनर ब्यवसायी संघका अध्यक्ष साङ्दोर्जे शेर्पाका अनुसार चिनियाँ पक्षले रकम फिर्ता नपाएसम्म कन्टेनर नछोड्ने बताएका छन् । स्वयम्भुबाट लुटिएको डलर काण्डमा संलग्न भएको आशंकामा प्रहरी हवल्दार मकरलाल श्रेष्ठ र जवान रामहरि सुवेदी थुनामा छन् । उनीहरुमाथि सोनाम लामा, लोटक लामा, डौगर लामा, छुटम लामालगायतबाट डलर लुटेको आरोप छ । चिनियाँले हुण्डीका लागि नेपालमा अवैध रुपमा डलरको कारोवार गर्दै आएका छन् । तत्कालीन महानगरीय आयुक्त कल्याण तिमिल्सिनाले पक्राउ परेका प्रहरीमाथि आफू खुशी कारवाही गरेको आरोप लागेको थियो । सोही आरोप अनुसार प्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री भीम रावलको निर्देशनमा उनलाई त्यहाँबाट हटाईएको थियो । हवल्दार श्रेष्ठ र जवान सुवेदीलाई काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको छ । उनीहरु कार्वाहीको क्रममा रहेका छन् । घटनाको छानवीन गर्न डीआईजी राजेन्द्र सिंह भण्डारीको संयोजकत्वमा डेढ महिना अघिनै समिति गठन गरेपनि अहिलेसम्म उसले कुनै काम गरेको छैन । कोदारी अध्यागमन कार्यालय तातोपानीले कन्टेनर छोड्न आग्रह गरेपनि चिनियाँ प्रहरीलेनै अस्वीकार गरेको छ । अध्यागमन स्रोतका अनुसार नेपालका प्रहरीले नै डलर लुटेकोमा आक्रोसित भएका थिए ।
Share
पेम्बा गेलु शेर्पा र निमा छिरी शेर्पा
डिसेम्बर १४, सोलुखुम्बु सल्लेरी एकिक्रित ने. क. पा. माओबादीको तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत् स्वायत्त प्रदेश घोषणा गर्ने क्रममा आज सोलुखुम्बु सदरमुकाम सल्लेरीमा शेर्पा स्वायत्त गणराज्यको घोषणा गरेको छ। सल्लेरी स्थित जि बि स कार्यलय प्राङगाणमा आयोजित कार्यक्रममा शेर्पा स्वायत्त प्रदेशको घोषणा पार्टी अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) स्वायमले गर्नु भएको थियो। कार्यक्रमको लागी बिभिन्न जिल्लाबाट जनसमुदायको बाक्लो उपास्थिती रहेको थियो। यहि मंसिर २६ गते बाट गणराज्या घोषणा गरेको माओबादीले यस अघि पुर्वमा दुई र पश्चिममा दुई गणराज्या घोषणा गरे पनि प्रचन्ड स्वायं उपास्थित भएर घोषणा गरेको यो पहिलो हो। घोषणा साँगै शेर्पा स्वायत्त गणराज्या प्रमुखको रुपमा गोम्बु शेर्पा (कर्ज्याङग) लाई जिम्मेवारी दिएको छ। ए माओबादीले प्रस्तुत गरेको नेपालको संघिय स्वरुप अनुसार शेर्पा स्वायत्त प्रदेशको सिमांकन पुर्वमा कन्चनजंग हिमाल देखि पश्चिममा गणेश हिमाल सम्मा रहेको जनकारी दिँदै प्रमुख शेर्पाले शेर्पाको नाममा स्वायत्त गणराज्य घोषणा भए पनि त्यस भित्र रहने अन्य जातीले पनि सम्मान समान आत्म सम्मान र अधिकार पाउने बताउनु भयो। ईमान्दार, सोझा, मेहेनती र नेपालको प्रतिष्ठ बिस्वा सामु फैलाउने जातीको रुपमा चित्रंकण गर्दै अध्य्क्ष प्रचन्डले आफुले शेर्पा स्वायत्त गणराज्य घोषणलाई प्राथमिकता दिएको बताउनु भयो। यस क्रममा वहाँले पार्टीको गणराज्य घोषणा कार्यक्रम संबिधान बिपरित नरहेको दावी गर्दै संघियतमा जान अन्य दलहरु अन्कन्याई रहेकोले दवावस्वरुप घोषणा गरिएको पनि बताउनु भयो। कार्यक्रममा संविधान सभासदहरु देवी खडका , बालक्रिष्णा शर्मा श्रीमति आङ दावा शेर्पा, पुर्व मन्त्रि पदम राई, पुर्व वन सहायक मंत्री आङ देण्डी लामा शेर्पा, नेपाल शेर्पा संघका केन्द्रिय अध्यक्ष पेमा छिरी शेर्पा, भु पु मनानिय श्री पासाङ गोपारमा लगायत शेर्पा संघ साँस्थाको पदाधिकारीहरुको उल्लेख्यनिय उपास्थिति रहेको थियो। बक्तहरुले बोल्ने क्रममा नेपाल शेर्पा संघका अध्यक्ष पेमा छिरी शेर्पाले शान्तीप्रिया शेर्पा जाती आवश्यक्त परे बिद्रोह गरेर भएता पनि आफ्नो अधिकार सुनिश्चित गर्न लागी पर्ने बताउनु भयो। यसै गरि संघिय लोकताणत्रिक शेर्पा संघको अध्यक्ष श्री लाक्पा ठिन्ले शेर्पाले माओबादीको कार्यक्रम भए पनि शेर्पा जातीको हीतमा भएकोले काँग्रेस लगायत अन्य दलमा आवद्द शेर्पाहरुले पनि समर्थन गर्ने जनाउदै ने काँग्रेस केन्द्रिय सदस्य एवं संबिधान सभासद जीप छिरिङ लामा शेर्पाको तर्फबाट पनि शुभ कामना रहेको बताउनु भयो। दश वर्षे जनयुद्दक्रममा शहिद हुनेहरु मध्ये असी जना भन्दा बढि शेर्पा सहिद हरु भएकोले पनि शेर्पा स्वायत्त गणराज्या घोषणलाई माओबादीले प्रथामिकतमा राखेको बुझ्न सकिन्छ।
Share
Late Phurba Sherpa. Photo: Ang Kami Sherpa for USNepalOnline
Pradip Thapa न्यू योर्क / काठमाडौं- युएस नेपाल मेडिया सेन्टरका प्रेसिडेन्ट पासाङ् दोर्ची शेर्पाकि ४३ बर्शिय श्रीमती तथा युनाइटेड शेर्पा किदुक अमेरिकाका पूर्व महासचिब फुर्बा शेर्पाको हृदय रोगका कारण नेपाली समयअनुसार हिजो बेलुकी काठमाडौंमा असामयीक निधन भएकोछ। उहाँ लामो समयदेखी हाइ ब्लड प्रेसरको बिमारी हुनुहुन्थ्यो। गत जुलाई १ मा नेपाल फर्केपछि काठमाडौंको धापासीस्थित घरमा उक्त रोगका कारण आराम गरिरहनु भएको थियो। यता प्रेसिडेन्ट शेर्पा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब मनाउने गरी दुई हप्ता अघी मात्र पुन: न्यू योर्क आउनुभएको थियो। प्रेसिडेन्ट शेर्पा बुधवार साँझको कतार एयरवेज फ्लाइटबाट नेपाल फर्किदै हुनुहुन्छ। घटनाअनुसार, आइतबार बेलुकीसम्म श्रीमती शेर्पाको स्वास्थ्य सामान्य नै थियो तर सोमबार बेलुकी प्रेसिडेन्ट शेर्पाले उनलाई फोन गर्दा फुर्बाको फोन उठेन। सोमबार बिहान उनिहरुको घरमा काम गर्ने महिला आएर ढोका ढकढक्याउँदा ढोका नखुलेपछि ति महिलाले स्व. फुर्बाकी नजिकै घर भएकी भातिजी बुहारी मिङ्मा डिकी शेर्पा र अन्य नातेदारलाई खबर दिएकी थिइन्। नातेदारहरु फुर्बाको घरमा आइ ढोका तोडेर भित्र जाँदा पो बल्ल थाहा भयो कि फुर्बा त बाथरुममा बेहोस् भएर लडिरहेकिरहिछिन्। फुर्बालाई बेहोस् र टाउकामा चोट लागि अनुहार सुन्निएको अवस्थामा हतारमा डा. उपेन्द्र देबकोटाको न्यूरो अस्पताल बाँसबारीमा लगिएको थियो। त्यहाँ उनलाई आइसियुमा भेन्टिलेटर लगाएर उपचार गरिएको थियो तर उनलाई बचाउन भने सकिएन । यो दम्पत्तीको दुई छोरीहरु नेपाल मै छन्। जेठि छोरी लाक्पा डिकी १३ बर्ष र अमेरिकामा सन् २००१ को ओक्टोबरमा जन्मिएकी कान्छी छोरी टाशी छोडेन छन्। यो घटना घट्दा दुइटै छोरीहरु मावली हजुर आमा कहाँ गएका थिए। श्रीमान पासाङ् दोर्चीले जापानमा पब्लिक हेल्थमा मास्टर्स गर्दै रहेका बेला सन् २००० मा अमेरिका आउँदा यो दम्पतीको कान्छी छोरी अमेरिकामा जन्मेकी थिइन्। स्व. फुर्बा शेर्पा नेपालमा छँदा काठमाडौंको नाम चलेको लिङ्कन स्कुलकि अङ्गेजी र गणित बिषयको शिक्षिका थिइन् भने सन् २००४ देखी ६ मा न्यू योर्कस्थित युनाइटेड शेर्पा किडुकको महासचिब भएर कार्यभार सम्भालेकी थिइन्। उता स्व. फुर्बाका श्रीमान पासाङ् दोर्ची शेर्पा चाँही यस अनलाइनको प्रकाशक संस्था US Nepal Media Center को प्रेसिडेन्ट हुनुहुन्छ भने नेपालमा Himalaya Health & Education Society को संस्थापक अध्यक्ष हुनुहुन्छ। उक्त संस्थाले जापानको Nippon-Nepal Goodwill Association संस्थासंग मिलेर नेपालमा १३ वटा जिल्लाका ३० बिद्यालयहरुको पुनरोद्धार, स्थापना र निर्माण कार्य सम्पन्न गरिसकेको छ। उक्त संस्थाले दर्जनौं आँखा तथा साधारण स्वास्थ्य उपचार शिबिरहरु पनि सम्पन्न गरिसकेको छ भने संस्थाले भोजपुरमा प्राथमिक आँखा उपचार केन्द्र र लुम्बिनीमा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी निशुल्क सेवा पुर्याउदै आएकोछ ।
Pasang Dorchi Sherpa, President of US Nepal Media Center (Publisher, USNepalOnline.com) during the 2nd anniversary event in New York on December 6, 2009. Photo: eEyeCam.com नेपाल शेर्पा संघका संस्थापक महासचिबसमेत रहिसकेका पासाङ् दोर्ची शेर्पा नेपाल आदिबासी जनजाति महासंघका पूर्व सचिब पनि हुन्। प्रेसिडेन्ट शेर्पा हाल नेपाल शेर्पा संघ लगायत बिभिन्न सामाजिक संघ संस्थाहरुको सल्लाहकार हुनुहुन्छ। स्व. फुर्बाको यस दु:खद निधनबाट शेर्पा समाजलाई पर्न गएको क्ष्यती र शोक सन्तप्त परिवारप्रति समबेदना ब्यक्त गर्दै स्वर्गिया आत्माको चिर शान्तीको कामना गर्दछौं ।
Share
fमिति २०६६ मंसिर १९ र २० गतेको कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित समाचार अनुसार राजधानीका २४ गोन्पा संवेदनशील र ४० गोन्पालाई विदेशी सहयोग भनि गुप्तचार बिभागको रिपोर्टको हवाला दिएर कथित फ्रि तिब्बत गतिबिधिम मा संलग्न भनि चार लाख भन्दा बढी जनसंख्या भएको शेर्पा समुदायको आस्थाको केन्द्र शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) को नाम समेत अनुगमन गर्नु पर्ने भनि प्रकाशित भ्रमक रिपोर्ट र समाचार प्रति घोर आपत्ति र विरोध प्रकट गर्दछ। हाम्रो मित्र राष्ट्र चीन बिरोधी गतिबिधीमाशेर्पा समुदायको संघ साँस्थाको संलग्नता छैन भन्ने दावा गर्दै उक्त रिपोर्ट प्रति राष्ट्रिय अनुसन्धान विभागलाई प्रस्ट पार्न र खुलेआम नेपलको भुमी प्रयोग गरि फ्रि तिब्बत गतिबिधिमा संलग्नहरुलाई कार्वाही गरेर देखाउन चुनौती दिन चाहन्छौ, किनकी हामी शेर्पा सेवा केन्द्र आम शेर्पा समुदाय र आफ्नै समुदायको लगानीमा बनेको पबित्र साँस्थालाई बदनाम गराउन र धर्म निरपेक्ष मुलुकमा सम्प्रदायिक दंगा फैलाउन मद्दत पुग्ने गरि प्रकाशित त्यस समाचारले सम्पुर्ण शेर्पा समुदाय लगायत बौद्ध धर्म प्रति आस्था राखने शेर्पा समुदायलाई स्तब्ध बनाएको हामीले महशुस गरेका छौ। १) शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) २) नेपाल शेर्पा संघ केन्द्रिय कार्य समिति ३) हिमालयन शेर्पा साँस्क्रितिक केन्द्र कार्य समिति ४) नेपाल शेर्पा बिधार्थि मन्च केन्द्रिय समिति ५) नेपाल शेर्पा महिला संघ केन्द्रिय समिति ६) शेर्पा सन्चार समुह, केन्द्रिय कार्य समिति ७) हिमाली शेर्पा समाज, केन्द्रिय समिति ८) भु पु ब्रिटिश गोर्खा शैनिक संघ, केन्द्रिय समिति ९) शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपाल, केन्द्रिय कार्य समिति १०) संघीय लोकतान्त्रिक शेर्पा संघ, केन्द्रिय कार्य समिति ११) नेपाल लोकतान्त्रिक शेर्पा संघ , केन्द्रिय कार्य समिति १२) राष्ट्रिय प्रजातान्त्रिक शेर्पा संघ, केन्द्रिय कार्य समिति १३) हिमालयन शेर्पा फुटबल क्वब, केन्द्रिय कार्य समिति १४) जिप छिरिङ लामा शेर्पा, सभासद नेपाली काँग्रेस १५) पासङ शेर्पा सभासद , नेपाली कांग्रेस १६) क्रिपासुर शेर्पा, निवर्तमान अध्यक्ष नेपाल शेर्पा संघ केन्द्रिय कार्यसमिति १७) श्रीमति आङ दावा शेर्पा, सभासद ने. क. पा. माओबादी १८) श्रीमति लक्की शेर्पा, सभासद ने. क. पा. ए. मा. ले. १९) नेपाल बौद्ध महासंघ २०) नेपाल बौद्ध ङिङमा संघ २१) शेर्पा वर्ल्ड डट् कम्, अन्लाईन शेर्पा निउज्